पहिरो पीडितलाई २५ लाख सहयोग

आश गुरुङ

काठमाडौँ — पहिरोबाट घरबारबिहीन लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ तरापु पल्लोटारीबासीका लागि लमजुङ समाज युकेले २५ लाख ९० रुपैयाँ सहयोग गरेको छ ।

पहिरो पीडितलाई २५ लाख सहयोग

गत साउन पहिलो साता भारी वर्षासँगै आएको बाढीपहिरोले पल्लोटारीका २१ घर पुरिएका थिए । ५० घर उच्च जोखिममा छन् । पहिरो पीडितका लागि दीर्घकालीन बासास्थान बनाउन लमजुङ घर भइ बेलायतमा बसोबास गर्दै आएका स्थानीयले राहत सहयोग गरेका हुन् ।

लमजुङ समाज युकेका सल्लाहकार, तमु धीं युके साथै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष मुछेत्र गुरुङ र लमजुङ समाज युकेका आजीवन सदस्य क्या. मीनजंग गुरुङले उक्त रकम बराबरको चेक तरापु पल्लोटारी विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मस्र्याङ्दी ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतलाई हस्तान्तरण गरे । राहत संकलनका संयोजक क्या. देवबहादुर घलेले २ सय ८४ जनाबाट राहत रकम संकलन गरी पहिरोपीडितका लागि पठाएको बताए । ‘तरापु पल्लोटारीमा पहिरो गएर घरबार लगेपछि हामी बैठक बस्यौं ।

पूर्व सांसद जमीन्द्रमान घलेले पल्लोटारीमा पहिरो गएपछि देशविदेशमा सहयोग माग गरिएको बताए । ‘देशविदेशबाट सहयोग आइरहेको छ । सरकारले तत्काल राहतका लागि रकम उपलब्ध गराओस् । गाउापालिकाले छिट्टै जग्गाको टुंगो लगोओस् । अनि हामी सवै घर बनाउन जुटौंला’ उनले भने ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पीडितलाई तत्कालका लागि अस्थायी टहरामा बसोबासको व्यवस्था मिलाएको बताए । ‘स्थायी रुपमा बसोबासका लागि हामी अघि बढेका छौं । संघ र प्रदेशसँग पनि सहयोग मागेका छौं । छिट्टै जग्गा व्यवस्थापन गर्छौं । बर्खा अगाडि सवैलाई स्थायी बसोबासका लागि स्थानान्तरण गराउँछौं’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संघीय सरकारबाट हरेक घर निर्माणको लागि ३ लाख रुपैयाा प्राप्त हुने बताए । प्रदेश सरकारबाट १ लाखदेखि डेढलाख रुपैयाँसम्म सहयोग प्राप्त हुने अनौपचारिक खबर आएको बताए ।

प्रकाशित : कार्तिक ३, २०७७ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?