१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

घोरेपानी–पुन हिलमा प्रवेश निषेध

दीपक परियार

पोखरा — म्याग्दीको पर्यटकीय गन्तव्य घोरेपानी–पुनहिलका स्थानीयले गाउँमा प्रवेश निषेधको घोषणा गरेका छन् ।

घोरेपानी–पुन हिलमा प्रवेश निषेध

घोरेपानी टोल सुधार समितिको अगुवाइमा कात्तिक १ देखि तिहारसम्म पर्यटकलाई प्रवेश निषेध गरिएको हो ।

घोरेपानी पुग्न कास्कीको नयाँपुल, वीरेठाँटी, उल्लेरी हुँदै जाने एउटा पदमार्ग छ । वीरेठाँटीबाट घान्द्रुक, टाडापानी हुँदै पनि जान मिल्छ । घान्द्रुकमा यसअघि नै पर्यटन समितिले प्रवेश निषेध घोषणा गरिसकेको छ ।

कास्कीसहित म्याग्दीतर्फको पदमार्गबाट पनि पर्यटकलाई घोरेपानी प्रवेश निषेध गरेको टोल सुधार समितिका अध्यक्ष वीरेन पुनले बताए । उनका अनुसार अनुगमनको जिम्मा प्रहरीलाई दिइएको छ ।

बेनीबाट केही आन्तरिक पर्यटक घोरेपानी पुगेपछि स्थानीयमा त्रास बढेकोले प्रवेश निषेध गर्नुपरेको अध्यक्ष पुनले बताए । ‘दसैं तिहारमा आवतजावत बढ्दा कोरोना संक्रमण भित्रिने डर भयो,’ उनले भने, ‘तिहारसम्म हेरौं । संक्रमणको अवस्था हेरेर खोल्ने नखोल्न निर्णय गर्छौं ।’ घोरेपानीमा हाल २५ होटल छन् । चैतदेखि नै ती होटल खुलेका छैनन् ।

प्रकाशित : कार्तिक ३, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?