कोरोना संक्रमणबाट पर्वतमा एक महिलाको मृत्यु

अगन्धर तिवारी

पर्वत — कोरोना संक्रमण पुष्टि भएकी पर्वतकी एक महिलाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–५ की ती महिलाको आइतबार साँझ घरमै मृत्यु भएको हो । 

श्वासप्रश्वास तथा निमोनियाको समस्या देखिएपछि गत २९ असोजमा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका लागि लगिएकी ४८ वर्षीया महिलामा कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मेट्रोसिटीले आइतबार होम आइसोलेसनमा राख्न भन्दै घर पठाएको र आइतबारै राति उनको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिअनुसार बागलुङ नगरपालिका–१३ स्थायी घर भएकी २८ वर्षीया महिलाको कुश्मा नगरपालिका–५ मा आइतबार साँझ ७ बजे मृत्यु भएको हो ।

पर्वतमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । पर्वतमा हालसम्म १३० जना कोरोना पोजिटिभ भएकोमा १२६ जना निको भइसकेका छन् । सक्रिय संक्रमित ४ जना रहेको डीसीसीएमसीका प्रवक्ता प्रविण भण्डारीले बताए ।


प्रकाशित : कार्तिक ३, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?