२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एक लाख ४६ हजार नगदसहित १२ जुवाडे पक्राउ

कान्तिपुर संवाददाता

गोरखा — गोरखा नगरपालिका–४ पन्थेस्वाँराबाट एक लाख ४६ हजार नगदसहित १२ जुवाडे पक्राउ परेका छन् ।

एक लाख ४६ हजार नगदसहित १२ जुवाडे पक्राउ

कुखुराको खोरमा कौडा खेलिरहेका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वासुदेव खतिवडाले बताए । ‘एक लाख ४६ हजार रुपैयाँ नगदसहित ३९ वटा कौडा पनि बरामद गरेका छौँ,’ उनले भने । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि वढाउने प्रहरीले जनाएको छ ।

चाडबाड नजिकिएसँगै जुवातास खेल्ने गतिविधि बढेपछि निगरानी बढाइएको डीएसपी खतिवडाले बताए ।

प्रकाशित : कार्तिक ३, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?