गैंडाकोटमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

नारायण शर्मा

नवलपरासी — होम आइसोलेसनमा रहेका गैंडाकोटका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

असोज ३० गते कोरोना पुष्टि भएका गैंडाकोट नगरपालिका–१२ का ८५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सेनाले उनको शव व्यवस्थापन गरेको छ ।

यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगिसकेको छ । गैंडाकोट नगरपालिकामा मात्र ४ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सोमबारसम्म १ हजार ४ सय १२ जना संक्रमित भएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?