२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

घाइते भेटिएका सैनिकको उपचारका क्रममा मृत्यु

कान्तिपुर संंवाददाता

बागलुङ — कालीगण्डकी करिडोरमा काम गर्ने एक सैनिक जमदारको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ बेलबगरमा खोला छेउमा अचेत अवस्थामा भेटिएका ३५ वर्षीय तोरणबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

बिहीबार दिउँसो अचेत अवस्थामा भेटिएपछि उपचारका लागि उनलाई पोखरा पठाइएको थियो । मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ का थापा सेनाको करिडोर आयोजनामा काम गर्थे । शरीरमा घाउ भएको अवस्थामा अचेत भेटिएकोले कुटपिट र ढुंगामुढा भएको अनुमान गरिएको प्रहरीले बतायो ।

घटनास्थलमा प्रहरी निरीक्षक दिपक रिजाल सहितको टोली अनुसन्धानका लागि गएको छ । प्रहरीले अहिलेसम्म स्थानीय ५ जनालाई पक्राउ गरेको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको रेग्मीले जानकारी दिए ।

प्रकाशित : आश्विन ३०, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?