१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोरोना संक्रमित सशस्त्र प्रहरीको मृत्यु

दीपक परियार

पोखरा — सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार राति पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

कोरोना संक्रमित सशस्त्र प्रहरीको मृत्यु

ढोरपाटन नगरपालिका–७ का उनको उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको हो ।

आइतबार अस्पताल भर्ना भएका उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । हालसम्म संक्रमितको संख्या ५ हजार ५ सय १ पुगेको छ । तीमध्ये ३ हजार ४ सय ८८ निको भइसकेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?