११ थान बन्दुकसहित १० जना पक्राउ
बागलुङ — प्रहरीले बागलुङको तमानखोला गाउँपालिका-२ बाट ११ वटा भरुवा बन्दुक सहित १० जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बुधवार राति उनीहरुलाई पक्राउ गरेको हो । लुकाइछिपाइ राखेको अवस्थामा ती बन्दुकसहित मानिसहरु पक्राउ परेका हुन् । उनीहरुको घरमा भेटिएका हतियार बिना इजाजत राखिएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले उनीहरुलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरेर धौलागिरी अस्पतालमा पीसीआर पनि परीक्षण गरिएको छ ।
परीक्षणको रिपोर्ट नआएसम्म उनीहरु क्वारेन्टाइनमा बस्नेछन् । हातहातियार तथा खरखजाना मुद्दामा उनीहरुको कारबाही प्रक्रिया अगाडि बढ्ने रेग्मीले बताए ।
प्रकाशित : आश्विन २९, २०७७ १७:२४प्रतिक्रिया