११ थान बन्दुकसहित १० जना पक्राउ- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ थान बन्दुकसहित १० जना पक्राउ

प्रकाश बराल

बागलुङ — प्रहरीले बागलुङको तमानखोला गाउँपालिका-२ बाट ११ वटा भरुवा बन्दुक सहित १० जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बुधवार राति उनीहरुलाई पक्राउ गरेको हो । लुकाइछिपाइ राखेको अवस्थामा ती बन्दुकसहित मानिसहरु पक्राउ परेका हुन् । उनीहरुको घरमा भेटिएका हतियार बिना इजाजत राखिएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले उनीहरुलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरेर धौलागिरी अस्पतालमा पीसीआर पनि परीक्षण गरिएको छ ।

परीक्षणको रिपोर्ट नआएसम्म उनीहरु क्वारेन्टाइनमा बस्नेछन् । हातहातियार तथा खरखजाना मुद्दामा उनीहरुको कारबाही प्रक्रिया अगाडि बढ्ने रेग्मीले बताए ।

प्रकाशित : आश्विन २९, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा थपिए १९ सय ३५ जना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा थप १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १६ सय ९३, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

२४ घण्टाको अद्यावधिक विवरण अनुसार बुधबार उपत्यकामा १४ सय ३ जना संक्रमित भेटिएका थिए ।

२४ घण्टाको अपडेटमा देशभर भने बिहीबार ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँग देशभरी कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या बिहीबार अपराह्नसम्म ३६ हजार ५३३ पुगेको छ ।

कोरोनाबाट २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×