कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँका कोरोना संक्रमितको मृत्यु

प्रतीक्षा काफ्ले

गण्डकी — कोरोना भाइरसबाट संक्रमित भएका तनहुँका ६५ वर्षीय पुरुषको बिहीबार पोखरास्थित गण्डकी मेडिकल कलेजका मृत्यु भएको छ ।

तनहुँका कोरोना संक्रमितको मृत्यु

तनहुँको व्यास नगरपालिका–३ घर भई जिएमसीको भेन्टिलेटरमा उपचाररत उनको बुधबार राति ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले विज्ञप्ति जारी गर्दै मृतकलाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताएको छ । उनीसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?