१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लमजुङका कोरोना संक्रमितको पोखरामा मृत्यु

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका २, घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएको छ । 

लमजुङका कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आईसीयुमा उपचार गराइरहेका उनको मंगलबार दिउँसो ४ बजेर २३ मिनेट जाँदा मृत्यु भएको हो । अस्पताल निर्देशक सह–प्राध्यापक डा. अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा असोज १८ गते कोभिड संक्रमण भई उपचार केन्द्रको आईसीयुमा भर्ना गरी उपचार गराइरहेका ती व्यक्तिको मृत्यु भएको उल्लेख छ ।

ती व्यक्तिमा कोभिड १९, मुटुको समस्या, मधुमेहको समस्या रहेको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मुटु र मधुमेहको नियमित औषधि खाँदै आएका उनलाई उपचारका क्रममा स्वास्थ्यकर्मीले औषधि खान नदिएको परिवारले आरोप लगाएको छ । ‘उपचारका क्रममा डाक्टरले औषधि नखाए पनि हुन्छ भने । नियमित औषधि खान नपाएपछि समस्या भएको हुनुपर्छ’, एक आफन्तले भने ।

कोभिड १९ पोजिटिभ भएर प्रतिष्ठानमा मृत्यु भएको उनी १२ औं व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : आश्विन २७, २०७७ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?