कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट युवकको मृत्यु 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट शुक्रवार एक युवकको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका १ का ३६ वर्षका युवकको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । 

पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट युवकको मृत्यु 

जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका अनुसार ती युवकको शुक्रबार दिउँसो पौने ४ बजे मृत्यु भएको हो । असोज १८ गते मिर्गौलामा समस्या देखिएर पुरानो मेडिकल कलेजमा भर्ना भएको उनलाई १९ गते कारोना संक्रमण भएको पुष्टि भएको हो । अस्पतालका अनुसार कोभिड आइसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित : आश्विन २३, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?