कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बलात्कारी बाबुलाई जन्मकैद

नारायण शर्मा

नवलपरासी — १३ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबुलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षका बाबुलाई जन्मकैद र ५० हजार जरिवाना गरेको हो । 

बलात्कारी बाबुलाई जन्मकैद

जिल्ला अदालत पूर्वी नवलपरासीले दिएको जानकारीअनुसार सर्लाही बरथहवा निवासी ४० वर्षका बाबु आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत छ्न् । दुई वर्षअघि छोरीलाई पटक-पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो ।

बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा बाबुले स्वीकारेका छन् । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदुरी गर्दै आएका ती बाबुले छोरीलाई पटक बलात्कार गरेको अदालतमा बयान दिएका छन् । हाडनाताभित्र करणी गरेका उनको नेपालभर कहींकतै कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।

पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कहींकतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट ५० हजार नगद दिलाउने फैसला भएको अदालतको भनाइ छ ।

जिल्ला अदालत पूर्वी नवलपरासीमा जबरजस्ती करणी र हाडनाता करणी अभियोगमा जन्मकैदको फैसला भएको यो पहिलो अदालती नजिर हो ।

प्रकाशित : आश्विन २३, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?