१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गोरखामा थप १४ जना प्रहरीमा कोरोना पुष्टि

हरिराम उप्रेती

गोरखा — जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत थप १४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २० गते नमुना संकलन गरी परिक्षणका लागि पठाएको १४ जना प्रहरी र भारतबाट आई होम क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिलाको रिपोर्ट शुक्रबार पोजिटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।

गोरखामा थप १४ जना प्रहरीमा कोरोना पुष्टि

गत सोमबार गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठ प्रहरी तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ गरी नौ प्रहरीमा कारोना संक्रमण पुष्टि भएको थियो । सोमबार संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा थप १४ जना प्रहरीमा शुक्रबार संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई बाह्रकिलो प्रहरी चौकीमा आइसोलेसन बनाएर राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । ‘बाह्रकिलो प्रहरी चौकप्लाइ आइसोलेसन बनाएर आठ जनालाई राखेका छौँ,’ उनले भने, ‘आज संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई आइसोलेसन पठाउने तयारीमा छौँ ।’ कन्ट्याक्ट ट्रेसिङका परेको प्रहरी कर्मचारीलाई मनकामना बहिरा माविको क्वारेन्टाइनमा राखिएको उनले बताए

प्रकाशित : आश्विन २३, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?