कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ढोरपाटनका बाढीपहिरो पीडितलाई बागलुङ कांग्रेसको सहयोग

प्रकाश बराल

बागलुङ — ढोरपाटनका बाढीपहिरो पीडितलाई नेपाली कांग्रेस बागलुङ जिल्ला समितिले ४० लाख बराबरको खाद्यान्‍न र जस्तापाता सहयोग गरेको छ ।

ढोरपाटनका बाढीपहिरो पीडितलाई बागलुङ कांग्रेसको सहयोग

जिल्ला सभापति दिपेन्द्रबहादुर थापा र क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरको नेतृत्वमा पार्टी कार्यकर्ता तथा अन्य दाताबाट संकलन गरेको रकमले ती सामाग्री वितरण गरेका हुन् ।

ढोरपाटन नगरपालिका वडा-९ मा गत भदौ १७ गते १ सय २६ घर बगाएको थियो । घटनामा २२ जनाको मृत्यु भएको छ । १६ जना बेपत्ता छन् । झण्डै ३ सय ५० जना विस्थापित छन् ।

ती मध्ये घरबार अन्यत्र नभएका ७९ घर परिवारलाई कांग्रेसले दुई/दुई बण्डल रंगीन जस्तापाता वितरण गरेको हो । पहिरो पीडितलाई एकएक बोरा चामल, तेल, नुन र दाल समेत वितरण गरेको छ ।

प्रकाशित : आश्विन १९, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?