कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

वृद्ध दम्पतीलाई धम्क्याएर लुटपाट

प्रकाश बराल

बागलुङ — प्रहरी हौं भन्दै रातको समयमा धम्क्याएर वृद्ध दम्पत्तीको घरमा लुटपाट भएको छ । ५/६ जनाको समूहमा आएका युवाले गलकोट नगरपालिका २ नरेठाँटीका गोरखबहादुर भण्डारीको घरमा लुटपाट गरेका हुन् । ती समूहले भण्डारी दम्पतीलाई डोरीले बाँधेर ९ तोला सुन र ६५ हजार नगद रकमसमेत लुटेर लगेको वडाअध्यक्ष हिमबहादुर भण्डारीले बताए । 

बिहीबार साँझ ७ बजे आएका नकावधारीले भण्डारी दम्पतीलाई हतियार चलाउने धम्की दिएर लुटेका थिए । लुटेराले सइ र हवल्दार हौं भन्दै लुटेको पीडितले बताए । लुटेराले बाँधिदिएकाले दम्पती रातभर अलपत्र परेका थिए । लुटेराले पीडितको मुखमा टेप टाँसिदिएकोले बोल्न, कराउन पनि नसकेको गुनासो गरेको भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले लुटेराको खोजी भइरहेको बताए । ‘खबर पनि ढिला आयो, लुटेराको खोजी भइरहेको छ’, रेग्मीले भने, ‘अनुसन्धानको क्रममा स्थानीय केही युवामा पनि सोधखोज भइरहेको छ ।’

प्रकाशित : आश्विन १८, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?