२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गोरखाको बाह्रकिलो प्रहरी चौकी सिल, सिरानचोकको सेवा एक साताका लागि बन्द

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–११ को बाह्रकिलो प्रहरी चौकी सिल गरिएको छ । प्रहरी चौकीमा कार्यरत २५ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । ‘संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई आइसोलेसन पठाएका छौँ,’ उनले भने,‘अन्य १२ जनालाई चौकी हाताभित्रै क्वारेन्टाइनमा राखि प्रहरी चौकी सिल गर्‍यौँ ।’

गोरखाको बाह्रकिलो प्रहरी चौकी सिल, सिरानचोकको सेवा एक साताका लागि बन्द

प्रहरी चौकीबाट प्रवाह हुने सेवा जिल्ला प्रहरी कार्यालयबाट प्रवाह गरिने गुरुङले बताए । क्वारेन्टाइनमा रहेका प्रहरीहरुको पीसीआर परीक्षण गरिने उनले बताए ।

त्यस्तै बुधबार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरानचोक गाउँपालिकाको सेवा एक साताका लागि बन्द गरिने भएको छ । अत्याश्यक बाहेकका सेवा बिहीबारबाट बन्द गरिने सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । उनका अनुसार गाउँपालिकामा कार्यरत २९ वर्षीय कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि भएका पुरुषलाई गोरखा क्याम्पसको आइसोलेसन पठाउने उनले बताए ।

प्रहरी कर्मचारी र सिरानचोक गाउँपालिकाका कर्मचारीसहित बुधबार गोरखामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित : आश्विन १४, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?