सेनाद्वारा विद्यालय भवन निर्माण- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाद्वारा विद्यालय भवन निर्माण

हरिराम उप्रेती

गोरखा — नेपाली सेनाले २५ लाखको लागतमा गोरखा नगरपालिका–८ मा विद्यालय भवन निर्माण गरेको छ । 

राष्ट्रिय भूपु सैनिक संघ, गोरखाबाट सञ्चालित नेपाल राष्ट्रिय भूपु सैनिक आवासीय विद्यालयको ४ कोठे भवन बनेको हो । नेपाली सेनाको सिग्र प्रभाव आयोजना अन्तरगत विनियोजित २५ लाख रकमबाट भवन निर्माण सम्पन्‍न गरिएको रणसिं दल गणका प्रमुख उज्जवल केसीले बताए ।

२०७६ पुसबाट निर्माण सुरु भएकोमा ९ महिनामा सम्पन्न गरिएको उनले बताए । नवनिर्मित भवनको आइतबार नेपाली सेनाको ३ नम्वर वाहिनीपति सहायक रथी सागरबहादुर थापाले उद्घाटन गरे ।

६ कक्षासम्म सञ्चालित उत्त विद्यालयमा दुई सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । भवन उद्घाटन गर्दै सहायक रथी थापाले जीवन उपयोगी सार्वजनिक महत्वको कामले सैनिक नागरिक सम्बन्ध उचो बनाउने बताए ।

प्रकाशित : आश्विन ११, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रधानसेनापति थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका र मापदण्डअनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेको आइतबार नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : आश्विन ११, २०७७ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×