कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लमजुङमा एकैदिन ३० कोरोना संक्रमित निको

आश गुरुङ

लमजुङ — लमजुङमा शुक्रबार एकैदिन ३० जनाले कोरोना जितेका छन् । यो सँगै कारोना संक्रमित निको हुनेको संख्या २ सय ६२ पुगेको छ । कोरोना निको हुनेमा महिला ४४ र पुरुष २ सय १८ छन् । शुक्रबार कोरोना निको भएकामा सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यवसायीक तालिम केन्द्रका ८ जना पुरुष छन् । उनीहरु नेपाली सेनाको आइसोलेसनमा थिए । 

लमजुङमा एकैदिन ३० कोरोना संक्रमित निको

यस्तै, लमजुङ कृषि क्याम्पस आइसोलेसनमा रहेका १७ जना पुरुष छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा रहेका १ जना पुरुष र ३ जना महिला गरी ४ जना साथै सहरी विकास कार्यालयको भवन आइसोलेसन सहजीमा रहेका १ जना पुरुष कोरोना निको भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

लमजुङका आइसोलेशनमा अब ३२ जना महिला र ५९ जना पुरुष गरी ९१ जना संक्रमित छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । लमजुङमा हालसम्म कोरोना संक्रमित ३ सय ५३ पुगेको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?