१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

स्याङ्जामा २९ जना संक्रमित कोरोनामुक्त

प्रतीक्षा काफ्ले

स्याङ्जा — कोरोना संक्रमण भइ उपचाररत २९ जना शुक्रबार कारोनामुक्त भएका छन् । उनीहरु शुक्रबारै घर फर्किएका छन् ।

स्याङ्जामा २९ जना संक्रमित कोरोनामुक्त

भीरकोट नगरपालिका हेलुस्थित कालिका अस्पतालको आइसोलेसन सेन्टरमा बसेका २७ र वालिङ नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा बसेका २ जना गरि ३० जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए । शर्माका अनुसार योसँगै स्याङ्जामा कोरोनामुक्त हुनेको संख्या ३ सय ७२ पुगेको छ ।

जिल्लाभर ३ सय ९१ जना कोरोना संक्रमित भएका छन् भने ३ जनाको निधन भएको छ । विभिन्न आइसोलेसन सेन्टरमा बाँकी १६ जना संक्रमित उपचारत रहेको प्रमुख शर्माले बताए ।

प्रकाशित : आश्विन ९, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?