कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आइसोलेसनबाटै भागे कोरोना संक्रमित कैदी

स्याङ्जा — भीरकोट नगरपालिकाअन्तर्गत कालिका सामुदायिक अस्पतालको आइसोलेसन सेन्टरमा उपचारत २८ वर्षीय युवक बिहीबार बिहान भागेका छन् ।

२ लाख रुपैयाँ धरौटी रकम बुझाउन नसक्दा १६ दिनदेखि जिल्ला कारागारमा बसेका अर्जुनचौपारी गाउँपालिका–४, रापाकोटका दीपक नेपालीलाई भदौ २८ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए ।

कोरोना पुष्टि भएपछि २८ गते नै कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लगिएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । ‘कारागारमा ठाउँ नभएपछि आइसोलेसन सेन्टरमा नै लैजाने सल्लाह भयो,’ एसपी बोगटीले भने, ‘अत्यधिक पानी परेको थियो । आज बिहान२ बजे बत्ती गएको मौका छोपी आइसोलेसन सेन्टरको पछाडिपट्टि रहेको झ्यालबाट भागेका रहेछन् । खोजीकार्य भएको छ ।’

बिहानैदेखि जिल्ला प्रहरी कार्यालयबाटै खोजतलासका लागि प्रहरी टोली खटाइएको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?