२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नवलपरासीका ८२ जना संक्रमित कोरोनामुक्त

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको रजहरस्थित अस्थायी कोरोना अस्पतालमा रहेका ८२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
अस्पतालका निर्देशक डा विनोद पौडेलका रहेका १ सय ४० जनाको पीसीआर परीक्षण गरिएकोमा बिहीबार ८२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

नवलपरासीका ८२ जना संक्रमित कोरोनामुक्त

अस्पतालमा हालसम्म ५ सय ९९ जना कोरोना संक्रमित आइसोलेसनमा राखेर उपचार गरिएको छ । तीमध्ये ५ सय २७ जना (पटकपटक गरेर ) निको भइसकेका छन् ।

प्राकृतिक चिकित्सा पद्धति अनुसार उपचार गरिने यो चिकित्सालयमा औषधिको प्रयोगबिनै योग, ध्यान र सन्तुलित खानपानको विधि अपनाइन्छ । यहाँको प्राकृतिक चिकित्सालयलाई हाल अस्थायी कोरोना अस्पतालका रुपमा सञ्चालन गरेर संक्रमितको उपचार गरिँदै आएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?