कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बेनी जोड्ने सबै सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — मंगलबार साँझदेखि लगातार वर्षासँगै आएको पहिरोले सदरमुकाम बेनी जोड्ने सबै सडक अवरुद्ध भएका छन् । बेनी–पोखरा सडकअन्तर्गत सहस्रधारामा पहिरो जाँदा यातायात ठप्प छ ।

त्यस्तै बेनी–जोमसोम सडकको जलेश्वर, चमेरे, गुइँठे र रुप्से छहरानजिक सडकमा पहिरो खसेको छ । सोही सडकको बेगखोलामा बाढी आउँदा पैदल यात्रासमेत मुस्किल भएको छ ।

सदरमुकामबाट बागलुङ पश्चिम बुर्तिबाङ जोड्ने सडकको घुमाउने र दरबाङनजिक पहिरो झरेको छ । बेनी नगरपालिकाको रानीवन तथा खबरामा पहिरोले सडक बगाउँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम जोड्ने सबै सडकमा यातायात अवरुद्ध भएकाले कहीँ विपद् आइलागे उद्धारका लागि पुग्न समस्या भएको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जनाएको छ । ‘मंगलबारबाट लगातार पानी परिरहेको र अझै केही दिन भारी वर्षा हुन सक्ने जोखिम रहेकाले उच्च सतर्क अवस्थामा छौं । स्थानीय तहलाई पनि सतर्क अवस्थामा रहन समन्वय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने ।

प्रकाशित : आश्विन ७, २०७७ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?