गण्डकीमा प्रदेश विकास प्राधिकरण विधेयक पारित

गण्डकी — गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र संचालन गर्ने सम्बन्धमा बनेको विधेयक पारित भएको छ । गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बहुमतको आधारमा उक्त विधेयक पारित भएको हो ।

गण्डकीमा प्रदेश विकास प्राधिकरण विधेयक पारित

यो विधेयक पारित भएसँगै गण्डकी प्रदेश सरकारका ठूला परियोजना निर्माणको लागि बाटो खुलेको छ । ऐन नहुदाँ ठूला परियोजनामा लगानी गर्न, कुनै पनि कम्पनिसँग सम्झौता गर्न र विकासमा सहकार्य गर्न नपाएको सरकारको गुनासो थियो ।

ऐन पारित भएसँगै प्रदेशभित्रका सम्भावित विकासलाई पीपीई मोडलमा अगाडि बढाउने सरकारको लक्ष्य छ । ठूला परियोजनाको क्षेत्रमा काम गर्नको लागि कम्पनीसँग सम्झौता गरेर काम गर्न सकिने भएको छ । विधेयकले अन्तर प्रदेशसँग मिलेर पनि काम गर्ने बाटो खुलाइदिएको छ । ठूल्ठूला मलमा लगानी गर्ने बाटो खुलेको छ भने प्रदेशका गौरवका योजनामा साझेदारी गरी काम गर्ने वातावरण सो विधेयकले दिएको छ । सरकारले विकास निर्माणमा लिएको लक्ष्य सो विधेयकले पूरा गर्ने दाबी गरेको छ ।

यसैगरी सोमबारको बैठकमा पेस गरिएका गण्डकी प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशको खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयक सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ ।

प्रदेशसभा बैठकमा सांसदले दुइटा विधेयमाथि सैद्धान्तिक छलफल गरेका थिए ।

प्रकाशित : आश्विन ६, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?