लमजुङमा चट्याङले एकको मृत्यु

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका–६ पुमागाउँमा चट्याङले सोमबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । स्थानीय ४२ वर्षीय सन्ते विकको मृत्यु भएको हो ।

लमजुङमा चट्याङले एकको मृत्यु

प्रहरीका अनुसार साँझ साढे ५ बजेतिर परेको चट्याङ लागेर घरमै रहेका विक घाइते भएका थिए । उनलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बेंसीसहर ल्याइएकोमा उपचारका क्रममा राति सवा ८ बजेतिर मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले बताए । थापाका अनुसार मंगलबार पोस्टमार्टम गरी शव परिवारलाई बुझाइनेछ ।

चट्याङकै कारण पुमागाउँकै २२ वर्षीया चिजा गुरुङ घाइते भएकी छन् । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?