कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

स्याङ्जामा थप ३० जना कोरोनामुक्त

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जामा सोमबार ३० जना कोरोना निको भई घर फर्किएका छन् । भिरकोट नगरपालिका हेलुस्थित कालिका अस्पतालको आइसोलेसन सेन्टरमा बसेका २९ र वालिङ नगरपालिकाको आइसोलेसनमा बसेका एक जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए ।

उनका अनुसार यससँगै स्याङ्जामा कोरोनामुक्त हुनेको संख्या ३ सय ३९ पुगेको छ । जिल्लामा हालसम्म ३ सय ८१ जना संक्रमित भएका छन् भने तीन जनाको निधन भएको छ । विभिन्न आइसोलेसन सेन्टरमा अहिले ४७ जना उपचाररत रहेको शर्माले बताए ।


प्रकाशित : आश्विन ५, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?