हेलिकप्टरबाट सुत्केरीको उद्धार

प्रकाश बराल

बागलुङ — बर्थिङ सेन्टरमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर बेहोस भएकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बागलुङको गलकोट नगरपालिका वडा नं. ११ रिघाकी २५ वर्षीया गौरी श्रीषको सोमबार बिहान उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ । आइतबार राति साढे १ बजे सुत्केरी भएकी श्रीषलाई लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनु परेको स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मी घर्तीले बताइन् ।

वडाध्यक्ष डम्बर श्रीषले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर हेलिकोप्टर झिकाएका थिए । बिहान ८ बजे आएको हेलिकोप्टरले गण्डकी अस्पताल पोखरामा पुर्‍याएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भएको श्रीषले बताए ।

प्रकाशित : आश्विन ५, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?