१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बहुमूल्य वस्तु भन्दै धातु देखाएर ठगी गर्ने दुई जना पक्राउ

आश गुरुङ

लमजुङ — बहुमूल्य वस्तु भन्दै सिक्काजस्तो धातु देखाएर ठगी गर्ने २ जना युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । घटना घटेको करीब एक महिनापछि प्रहरीले घटनामा संलग्न लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ घर बताउने ३६ वर्षीय विजय लामा (तामाङ) र स्याङ्जा पुतलीबजार नगरपालिका–६ का २८ वर्षीय उत्तम थापालाई पक्राउ गरेको हाे ।

बहुमूल्य वस्तु भन्दै धातु देखाएर ठगी गर्ने दुई जना पक्राउ

प्रहरीले बेंसीसहरबाट बुधबार पक्राउ गरेका उनीहरुविरुद्ध लमजुङ जिल्ला अदालतबाट शुक्रबार १५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ ।

डीएसपी गंगाबहादुर थापाका अनुसार गत भदौ ८ गते लमजुङको मस्र्याङ्दी गाउँपालिका–१ घनपोखराकी ५६ वर्षीया विष्णुमाया गुरुङलाई बहुमुल्य वस्तु भनी सिक्काजस्तो धातु देखाएर १ लाख ५० हजार रुपैयाँ ठगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध प्रहरीले ठगी सम्बन्धी कसुरमा मुद्दा चलाउने भएको छ । घटनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डीएसपी थापाका अनुसार घटनामा संलग्न विजय लामाले ३ वर्षअघि पनि घनपोखरामै माला देखाएर डेढ लाख रुपैयाँ लुटेको जानकारीमा आएको छ । पीडितले त्यतिबेला उजुरी नदिएको र अहिले आएर जानकारी गराएको उनले बताए । ‘तीन वर्षअघि घनपोखरामै लामाले ठगी गरेको जानकारी आएको छ । तीन वर्षपछि बल्ल जानकारी आयो । अहिले मुद्दा दर्ता गर्न मिलेन,’ उनले भने ।

प्रकाशित : आश्विन २, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?