नवलपरासी पूर्वमा थप ५६ जना कोरोनामुक्त- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपरासी पूर्वमा थप ५६ जना कोरोनामुक्त

नारायण शर्मा

नवलपरासी पूर्व — रजहरको प्राकृतिक चिकित्सालयमा रहेका ५६ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । चिकित्सालयको आइसोलेसनमा रहेका १३४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

चिकित्सालयका निर्देशक डा. विनोद पौडेलका अनुसार संक्रमण मुक्त हुनेमा विनयी त्रिवेणी गाउँपालिकाका १३ जना, कावासोती नगरपालिकाका ९ जना, मध्यविन्दु नगरपालिकाका ३ जना, देवचुली नगरपालिकाका १४ जना र झापाकी एक महिला रहेका छन् । उनीहरु सबैलाई शुक्रबार घर पठाइएको छ ।

चिकित्सालयमा शुक्रबार एक सय ३९ जना उपचारका लागि भर्ना भएका छन् । हालसम्म यो चिकित्सायलबाट ४ सय ४३ निको भएर घर गइसकेका छन । पूर्वी नवलपरासीमा शुक्रबारसम्म ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन २, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्

औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । विपिन अधिकारीद्वारा सम्पादित  ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन्

व्यावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला ।

जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ,’ उनले भने ।

पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमै विमोचन गरेका हुन् । ।

प्रकाशित : आश्विन २, २०७७ १३:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×