२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

म्याग्दीमा लकडाउन उल्लंघन गर्नेलाई कारबाही

घनश्याम खड्का

म्याग्दी — लकडाउन उल्लंघन गरी भलिबल प्रतियोगिता र मेला आयोजना गर्ने क्लबका पदाधिकारीलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । धौलागिरि गाउँपालिका–७ ताकमस्थित सफल टोल सुधार क्लबका अध्यक्ष सुमन केसी, सचिव किरण गुरुङ र कोषाध्यक्ष दिनेश केसीलाई संक्रामण ऐनबमोजिम प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको आदेशले मंगलबार तीन दिन कैद र १ सय रुपैयाँका दरले जरिवाना गरिएको हो ।

म्याग्दीमा लकडाउन उल्लंघन गर्नेलाई कारबाही

क्लबले भदौ २६ देखि २८ सम्म ताकम माविको प्रांगणमा भलिबल प्रतियोगिता र मेला आयोजना गरेको थियो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा पालना गर्नुपर्ने सुरक्षा मापदण्डसमेत बेवास्ता गरी मेला आयोजना गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले आयोजकलाई सोमबार पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनाले कैद सजायको दैनिक तीन सय रुपैयाँका दरले ९ सय र जनही १ सय जरिवानासहित एकमुष्ट तीन हजार बुझाएर मंगलबार नै रिहा भएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?