१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बागलुङमा पहिरोले एक जनाको मृत्यु, ५ वटा घर भत्किए

लालप्रसाद शर्मा

पोखरा — घरमाथिबाट आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा पौडेलको मृत्यु भएको छ । पहिरोले टुनीबोटका ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । 

जिल्ला प्रहरी बागलुङका निरीक्षक हेम केसीका अनुसार सोमबार बिहान साढे ६ बजेतिर आएको पहिरोले ५ घर पुरिएका थिए । सोही क्रममा पौडेल पनि पुरिएर बेपत्ता भएकोमा स्थानीय र सुरक्षाकर्मीले मृत भेटाएका थिए ।

रातभरिको वर्षापछि बिहान पहिरो खसेको थियो । उज्यालो भएकाले स्थानीय भाग्न सफल भएका थिए । यसैगरी पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री, तारादेवी क्षेत्री र मृतक पौडेलको घर पहिरोमा परेका छन् । परिवारजनलाई छिमेकीको आश्रयमा राखिएको छ ।

उक्त स्थानमा आइतबार पनि पहिरोले घर पुर्दा ६० वर्षीया महिलाको मृत्यु भएको थियो भने तीन घर भत्काएको थियो ।

प्रकाशित : भाद्र २९, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?