कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कुश्मा बजार एक साता सिल

अगन्धर तिवारी

पर्वत — स्थानीय प्रशासनले कुश्मा बजार क्षेत्र एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा बिहीबार गरिएको परीक्षणमा कुश्मा–३ का ६८ वर्षीय पुरुष र कुश्मा–३ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि डिसिसिएमसीको आकस्मिक बैठकले कुश्मा बजार सिल गर्ने निर्णय गरेको हो ।

यात्रा विवरण नभएका व्यक्तिमा समेत संक्रमण देखिएपछि जोखिम बढेको भन्दै कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडा आगामी असोज ३ गतेसम्म सिल गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले कान्तिपुरलाई बताए । उनका अनुसार राजमार्गमा चल्नेबाहेक बजारक्षेत्रमा सार्वजनिक र निजी सवारी, बजारका पसल तथा अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन् । आगामी असोज २ गतेसम्म अत्यावश्यक सेवाभित्र पर्ने बैंक तथा वित्तिय संस्था, सहकारीसहित सरकारी कार्यालय समेत बन्द रहने छन् ।

दुई जनामा कोरोना पुष्टि भएसँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यसअघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइसोलेसनमा उपचाररत छन् । यसअघि असार दोस्रो साता पर्वतको कुश्मा र मोदी गाउँपालिकाका केही समुदायका व्यक्तिमा संक्रमण देखिएको थियो । हालसम्म संक्रमण पुष्टि भएका पर्वतका कुनै व्यक्तिमा पनि लक्षण नदेखिएको डिसिसिएमसीले जनाएको छ ।

प्रकाशित : भाद्र २६, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?