१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

तनहुँमा सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना पुष्टि

सम्झना रसाइली

तनहुँ — तनहुँमा ५ जनासशस्त्र प्रहरीसहित १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका ५ जना प्रहरीसहित आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका स्थानीयमा भाइरस पुष्टि भएको जनाइएको छ ।

तनहुँमा सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भानुस्थित सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, भानुकै ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, शुक्लागण्डकीकी ५९ वर्षीय पुरुष, आँबुखैरेनीका ५१ वर्षीय पुरुष र भिमादको २० वर्षीया महिलालाई कोरोना भाइरस पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बलका ७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ५ जनामा संक्रमण पुष्टि भएको र अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।

प्रकाशित : भाद्र २६, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?