३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भानु नगरपालिकाका २२ जनामा कोरोना पुष्टि

सम्झना रसाइली

तनहुँ — भानु नगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भानु–६ र ७ वडाका १९ जना पुरुष र ३ जना महिला गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भानु नगरपालिकाका २२ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान सार्वजनिक गरेको विवरणमा भानु–६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८, ६२ वर्षीय पुरुष छन् । त्यस्तै भानु–७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०, २७ र ३८ वर्षीय पुरुष छन् भने सोही वडाका ८ वर्षीया बालिकासहित ५४ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरु सबै समुदायका व्यक्तिहरु रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । उनले भने, ‘कोरोना बढ्दै गएपछि पछिल्लो चरणमा भदौ १० गते १७५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएका थियौं ।’

नगरपालिकामा भदौ ९ गते पनि वडा नम्बर १ मा ६ जना संक्रमित थपिएका थिए । त्यस्तै भदौ ४ गते २ जना, साउन ३२ गते एक जना, साउन ३१ गते दुई जना, साउन ३० गते २० जना, साउन २७ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसहित जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ७५ पुगेको छ भने निको हुनेको संख्या १ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र १४, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?