कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कास्कीमा शनिबारदेखि जोर–बिजोर प्रणालीमा निजी सवारी साधन चल्ने

दीपक परियार

पोखरा — कास्कीमा शनिबारदेखि यातायातमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार राति १२ बजेदेखि भदौ २० गते राति १२ बजेसम्म निजी सवारी साधन तथा टयाक्सी चलाउन दिने निर्णय गरेको हो । बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म जोर–बिजोर प्रणालीमा निजी सवारी साधन र टयाक्सी सञ्चालन हुनेछन् ।

कास्कीमा शनिबारदेखि जोर–बिजोर प्रणालीमा निजी सवारी साधन चल्ने

यात्रुबाहक सवारी साधन बस तथा माइक्रो भने चल्न पाउने छैनन् । उक्त अवधिमा होटल तथा रेस्टुरेन्टले साँझ ७ बजेसम्म ‘टेक–अवे’ सेवा दिन सक्नेछन् । यसअघि भदौ २ गते रातिदेखि भदौ १२ गते रातिसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको थियो ।

शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, शैलुन लगायतका सेवा तथा स्थल खोल्न नपाइने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, निर्माण तथा उद्योग भने यसअघि नै स्वास्थ्य सुरक्षा मापदण्ड अनाएर सञ्चालन गर्न दिइएको छ ।

प्रकाशित : भाद्र १२, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?