तनहुँका ५ पालिकामा लकडाउन
तनहुँ — कोरोना संक्रमणको जाेखिम बढ्दै गएपछि व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा लकडाउन गरिएको छ ।
संक्रमित बढ्दै गएपछि अन्यमा फैलिन नदिन लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।
व्यासमा सोमबारदेखि भदौ ७, भानुमा १४, बन्दीपुरमा ५, आँबुखैरेनीमा ७ र देवघाटमा साउन २९ देखि भदौ ३ गतेसम्म लकडाउन गरिएको हो । व्यासमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित : भाद्र १, २०७७ २१:१९
प्रतिक्रिया