२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुन्दरबजार क्षेत्रमा निषेधाज्ञा

कान्तिपुर संवाददाता

लमजुङ — समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि सुन्दरबजार नगरपालिकाको बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पोखराबाट साउन २१ गते आएका सुन्दरबजार–७ का ३२ वर्षीय पुरुषमा कोरोना देखिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सुन्दरबजार क्षेत्रमा निषेधाज्ञा

शुक्रबार ३ बजेदेखि लागू हुने गरी सुन्दरबजार–५, ६, ७, ८ र ९ नं. वडामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । एक ट्रयाक्टर कम्पनी र बिमा कम्पनीमा मार्केटिङ गर्ने ती संक्रमित युवकले सुन्दरबजारका पसल, वित्तीय संस्था, बिमा कम्पनीलगायतमा गएर भेटघाट गरेको पाइएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?