कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महोत्तरीबाट आएका १३ मजदुरमा कोरोना

प्रकाश बराल

बागलुङ — धौलागिरी अञ्चल अस्पतालको ‘सी’ ब्लकको निर्माणका लागि आएका १३ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ ।  

महोत्तरीबाट आएका १३ मजदुरमा कोरोना

एक साताअघि महोत्तरीबाट आएका उनीहरु बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । लामो यात्रा गरेको र सीमा क्षेत्रबाट आएको भन्दै नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । पोखरामा गरिएको परीक्षणमा शनिबार बिहान उनीहरुलाई संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

कामका लागि १७ मजदुर आएका थिए । साउन १८ गते उनीहरुमध्ये एक जनाको मात्रै पीसीआर गरिएको थियो । ती युवामा संक्रमण देखिएपछि सबै जनाको स्वाब परीक्षण गरिएकोमा १३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु २२ वर्षदेखि ३५ वर्षसम्मका छन् ।

लकडाउनका कारण रोकिएको भवन निर्माणका लागि ठेकेदारले मजदुर झिकाएका थिए । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसन लैजाने तयारी छ ।

प्रकाशित : श्रावण २४, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?