दरौदीमा बेपत्ता एक बालकको शव भेटियो- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दरौदीमा बेपत्ता एक बालकको शव भेटियो

हरिराम उप्रेती

गोरखा — दरौदी नदी तर्ने क्रममा बेपत्ता भएका एक बालकको शव फेला परेको छ । फुटबल हेर्न गएका पालुङटार नगरपालिका–१ खुर्पाजुङका १५ वर्षीय प्रज्वल श्रेष्ठ र १६ वर्षीय सविन श्रेष्ठ बिहीबार दरौदी नदी तर्ने क्रममा बेपत्ता भएका थिए । 


गोरखा नगरपालिका–१२ खत्रीबेसीस्थित दरौदी नदी छेउमा सविन श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले बताए । ‘ढुङ्गामा अड्किएको अवस्थामा केहबेर अघि एक बालकको शव फेला पार्‍यौं, एकजना अझै बेपत्ता छन्,’ उनले भने ।

गोरखा नगरपालिका–३ बेनी खोलामा फुटबल खेल हेर्न जाने क्रममा सिरानचोक गाउँपालिका–४ चिसापानी धारा नजिकैको दरौदी नदी पार गर्ने क्रममा उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ । उनी सँगै बेपत्ता प्रज्वल श्रेष्ठको खोजी भइरहेको डिएसपी खतिवडाले बताए ।

प्रकाशित : श्रावण २३, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

देवनाराण साह

मोरङ — विराटनगरमा कोरोना संक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ वर्षीय पुरुषको कोसी अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९:४० बजे कोसी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कोसी अस्पतलाका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकाले स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताए ।

मोरङमा कोरोना भाइरसको संक्रमणले शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि विराटनगरका ७७, ४५, रंगेलीका ४५ र सुनवर्षीका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×