स्याङ्जामा निषेधाज्ञा एक हप्ता बढाइयो- गण्डकी - कान्तिपुर समाचार

स्याङ्जामा निषेधाज्ञा एक हप्ता बढाइयो

प्रतीक्षा काफ्ले

स्याङ्जा — कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि  जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा एक हप्ता लम्ब्याएको छ । यसअघि साउन १३ गतेदेखि जारी निषेधाज्ञा बिहीबार सकिएसँगै शुक्रबारदेखि थप एक हप्ताका लागि बढाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न सूचना जारी गरेको हो ।

स्याङ्जामा समुदायस्तरमा ५९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरको हो । साउन १३ देखि १० दिनलाई स्याङ्जा सिल गरिएको थियो ।

यसअघि, साउन पहिलो साता ३ प्रहरीमा कोरोना पोजिटिभ पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय मात्रै सिल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले केही स्थानमा समुदायस्तरमा कोरोना फैलिएको आशंकामा निषेधाज्ञा जारी गर्नुपरको बताए । पुतलीबजार नगरपालिका, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा समुदायमा कोरोना फैलिएको आशंका छ ।

‘सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा प्रदायकलाई समुदायबाट कोरोना सर्ने सम्भावना देखियो,’ उनले भने, ‘अब केही ाउन २३ पछि पनि निषेधाज्ञा लम्बिन सक्ने उनले जनाए । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा प्रदायकबाहेककालाई घरबाट बाहिर ननिस्कन सूचना जारी गरको छ ।

स्याङ्जामा हालसम्म संक्रमण पुष्टि भएका २ सय ८२ मध्ये १ सय ९८ जना निको भएर घर फर्किसकेका छन् । २ जनाको मृत्यु भएको छ । अधिकांशको कन्ट्याक्ट ट्रेसिङका क्रममा ट्राभल हिस्ट्री नभएकामा संक्रमण पाइएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए ।

प्रकाशित : श्रावण २३, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १५ दिन अत्यावश्यक सेवामात्र दिने

अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने
मातृका दाहाल

काठमाडौँ — उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । 'शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको छ,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । 

बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ । 'अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भयो । यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ,' दाहालले भने ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २३, २०७७ १४:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×