स्याङ्जाका एसपीसहित ३ जना प्रहरी कोरोनामुक्त- गण्डकी - कान्तिपुर समाचार

स्याङ्जाका एसपीसहित ३ जना प्रहरी कोरोनामुक्त

प्रतीक्षा काफ्ले

स्याङ्जा — जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)सहित तीन जना प्रहरी कोरोनामुक्त भएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएकोस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

एसपी विमलराज कणेलसहित एक जना हवल्दार र एक जना प्रहरी जवान निको भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङमा गरी जिल्लाभर ४० जना प्रहरीमा कोरोना देखिएको थियो । वालिङ र गल्याङका एक/एक जना रहेका छन् भने, बाँकी जिल्ला प्रहरी कार्यालयमा नै कार्यरत रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

अझै ३५ जना भिरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा, वालिङको कुँवर समाज हलमा निर्माण गरेको आइसोलेसन र गल्याङ नगर अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत छन् । साउन ६ गते पहिलो पटक स्याङ्जामा ३ जना प्रहरीमा संक्रमण देखिएको थियो । त्यसपछि एकैपटक ज्वरो आउने र टाउको दुख्ने भएपछि ११ गते गरिएको स्वाब संकलनमा साउन १२ गते एसपी कणेलसहित अन्यमा कोरोना संक्रमण पुष्टि भएका थियो ।

स्वास्थ्यकर्मीको निगरानीमा एसपी कँडेल आफ्नै निजी निवासमा बसेका थिए भने बाँकी प्रहरी आइसोलेसन सेन्टरमा बसेका छन् । आफ्नै निवासमा बसेर नियमित व्यायाम र खानपानमा ध्यान पुर्‍याउँदै आएकाले कँडेलले नवौं दिनमा कोरोना जित्न सफल भएको बताएका छन् ।

स्वास्थ्य प्रमुख यामप्रसाद शर्माका अनुसार स्याङ्जामा संक्रमण पुष्टि हुनेको संख्या २ सय ८२ पुगेको छ । उपचारपछि १ सय ९८ जना निको भएर घर फर्केका छन् भने ८२ जना उपचाररत छन् । कोरोनाका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीका मुख्य सल्लाहकारले नेकपा प्रवक्तालाई भने : पदको लाज जोगाउनुस् 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार एवं नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर तीव्र असन्तुष्टि जनाएका छन् । 

नेकपाभित्रको पछिल्लो अन्तरसंघर्षमा प्रवक्ता श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा छन् । त्यही समूहमा बसेर काम गरेको विषयलाई लिएर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकारले नेकपा प्रवक्तामाथि टिप्पणी गरेका हुन् ।

सल्लाहकार रिमालले प्रवक्ता श्रेष्ठलाई ट्विटरमा मेन्सन गर्दै विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह गरेका छन् ।

रिमालले ट्विटरमा लेखेका छन्, ‘इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी कमसे कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरूद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् ! मुलुक संवेदनशील मोडमा छ महसुस होस् ! ’

केही दिनअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र प्रवक्ता श्रेष्ठले संयुक्त रुपमा पत्रकार भेला गरेर आफ्ना असन्तुष्टि राखेका थिए ।

प्रधानमन्त्रीकै सल्लाहकारहरुले पनि सामाजिक सञ्जालमा भाषाको मर्यादा मिचेर विरोधीमाथि आलोचना गर्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १३:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×