कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नर्समा कोरोना देखिएपछि धौलागिरि अस्पतालको ओपीडी बन्द

प्रकाश बराल

बागलुङ — आइसोलेसनमा कार्यरत नर्समा कोरोना पोजिटिभ देखिएपछि बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

नर्समा कोरोना देखिएपछि धौलागिरि अस्पतालको ओपीडी बन्द

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले विज्ञप्ति प्रकाशित गरेर सेवा बन्द गरिएको जनाएका हुन् । नर्सको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गरिएपछि मात्र सेवा नियमित गरिने अस्पतालले जनाएको छ ।

बागलुङमा कुल संक्रमित २ सय ४७ मध्ये २ सय ३३ जना निको भइसकेका छन् । कोरोनाले जिल्लाको निसीखोलाका एक युवकको मृत्यु भएको छ भने १२ जना आइसोलेसनमा छन् ।

प्रकाशित : श्रावण २१, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?