१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भरुवा बन्दुकको गोली लागेर मृत्यु

प्रकाश बराल

बागलुङ — गलकोट नगरपालिका वडा-१० पाण्डवखानीको जंगलमा भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ ।

खर्कमा सामान छाड्न गएका १५ वर्षीय मिलन थापा मगरको गोली लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

भरुवा बन्दुक कसले बोकेको यकिन भएको छैन । इलाका प्रहरी कार्यालय गलकोटको टोलीले घटनास्थल पुगेर शव नियन्त्रणमा लिएको छ । थापासँगै गएका अन्य चार जनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक हेमबहादुर केसीले बताए । उनीहरुलाई सदरमुकाम ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण २०, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?