१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गाई काटेको आरोपमा चार जना पक्राउ

कान्तिपुर संवाददाता

म्याग्दी — प्रहरीले गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई पक्राउ गरेको छ । सोमबार बेनी–८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ का हिरा रसाइली, बेनी–६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका–२ बागलुङका राजु विक छन् । उनीहरूमाथि पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

‘चार जनालाई गाई काटिरहेकै अवस्थामा पक्राउ गरी अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘मुलुकी अपराध संहितामा गाईगोरु मारेमा तीन वर्षसम्म कैद सजायको व्यवस्था छ ।’

प्रकाशित : श्रावण २०, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?