कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कारको आरोपमा पालुङटारका वडा अध्यक्ष पक्राउ

हरिराम उप्रेती

गोरखा — १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा पालुङटारका वडा अध्यक्ष पक्राउ

ललाइफकाइ प्रलोभनमा पारेर बलात्कार गरेको उजुरीका आधारमा ४७ वर्षीय रानाभाटलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रहरीका अनुसार विवाहको प्रलोभनमा पारेर बालिका बलात्कार गरेको पीडितका आफन्तले सोमबार दिएको जाहेरीमा उल्लेख छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको उनले बताए । रानाभाट तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

प्रकाशित : श्रावण १९, २०७७ २२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?