घान्द्रुकमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

दीपक परियार

पोखरा — कास्कीको अन्‍नपूर्ण गाउँपालिका-१० घान्द्रुकको क्लीयूमा सोमबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ग २ च २८१७ नम्बरको जिप भीरबाट खस्दा मुस्ताङका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै मृत्यु भएको हो ।

वीरेठाँटी प्रहरी चौकीका हवल्दार शेरबहादुर कुँवरका अनुसार शेरचनले सोमबार नै घान्द्रुकमा खाद्यान्न पुर्‍याएर पोखरा फर्किँदै थिए । क्लीयूको उकालोमा जीप पछाडि गुडेर झण्डै ५ सय मिटर तलको मोदी खोलामा पुगेको थियो ।

उनको शव भने बाटोबाट २ सय मिटर तल अड्किएको अवस्थामा फेला परेको थियो । वडा प्रहरी कार्यालय बगरको टोली घटनास्थल पुगेर शव निकालेको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?