१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरनी गाउँपालिका कार्यालय तीन दिन बन्द

सम्झना रसाइली

तनहुँ — आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । आइतबार ती कर्मचारीमा कोरोना पुष्टि भएसँगै आकस्मिक बैठक बसेर कार्यालय तीन दिन(साउन १८ देखि २० गतेसम्म) को लागि बन्द गरिएको हो ।

संक्रमित केही दिनअघि बिरामी आफन्तलाई भेट्न काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग गएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । उनले भने, ‘काठमाडौंबाट फर्किए लगत्तै उनमा अस्वस्थता देखिएपछि कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएमा आइतबारमात्रै उनको रिपोर्ट पोजिटिभ आएको हो ।’

यस्तै, उनीसँगै क्वारेन्टाइनमा रहेका आठजनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा अरुको नतिजा नेगेटिभ आएको बताइएको छ ।

प्रवक्ता कटकबहादुर थापाले संक्रमण फैलन सक्ने जोखिम रोकथाम तथा न्युनिकरणका लागि तीन दिन गाउँपालिका तथा वडा कार्यालयका सबै सेवा बन्द गरिएको बताए ।

संक्रमित कर्मचारीको सम्पर्कमा आएका २७ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?