२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गण्डकी प्रदेशले दियो प्रहरीलाई ५ बुलेट, १८ पल्सरसहित २८ मोटरसाइकल

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई ५ बुलेट,१८ पल्सरसहित २८ वटा मोटरसाइकल र ४ वटा भ्यान प्रदान गरेको छ ।

गण्डकी प्रदेशले दियो प्रहरीलाई ५ बुलेट, १८ पल्सरसहित २८ मोटरसाइकल

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शान्ति सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीका लागि ५ थान बुलेट बाइक,टिभिएस ब्रान्डका ५ थान मोटरसाइकल र १८ थान पल्सरसहित २८ थान मोटरसाइकल प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । गतवर्ष पनि प्रदेश प्रहरीलाई मन्त्रालयले ४३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो ।

आइतबार एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानको उपस्थितिमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई मोटरसाइकल र भ्यानका चाबी हस्तान्तरण गरेका हुन् । यस्तै, प्रदेश प्रहरीलाई टाटा कम्पनीका ४ वटा पिकअप भ्यान पनि दिइएको कानुनमन्त्री चुमानले बताए ।

प्रदेश सरकारले ४ वटा भ्यानका लागि १ करोड ५१ लाख १५ हजार २ सय रुपैयाँ र २८ वटा मोटरसाइकलका लागि ८४ लाख १२ हजार ४ सय रुपैयाँ गरी २ करोड ३५ लाख २७ हजार ६ सय रुपैयाँ खर्चेको छ ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको शान्ति सुरक्षाको प्रबन्ध राम्रो गर्न प्रहरीलाई सुझाएका थिए । डीआईजी अर्यालले गण्डकी प्रदेशलाई शान्ति सुरक्षाको हकमा सुरक्षित प्रदेश बनाउने र उपकरणको हिसाबले पनि सुविधा सम्पन्न बनाउने बताएका थिए ।

प्रकाशित : श्रावण १८, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?