जिप पल्टिँदा सहचालकको मृत्यु

कान्तिपुर संवाददाता

स्याङ्जा — वालिङ नगरपालिका–१२ जयरानेस्थित बायटारी–छाप सडकखण्डमा जिप पल्टिँदा सहचालक सोही ठाउँका १७ वर्षीय सुदीप गुरुङको मृत्यु भएको छ ।

बिहीबार साँझ वालिङबाट सिर्सेकोट जाँदै गरेको ग१ज ७४७१ नम्बरको बलेरो जिप सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा जीप चालक ४२ वर्षीय लीलाराम गुरुङसहित ६ जना घाइते भएका छन् ।

गम्भीर अवस्थाका चालकलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण १६, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?