कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बागलुङको निसीखोला र तमानखोलामा पहिरो : तीन जनाको मृत्यु

प्रकाश बराल

बागलुङ — लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।

त्यस्तै सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।

प्रकाशित : श्रावण १३, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?